थाक पुस्तकालयलाई ‘भूपि पुरस्कार’

राष्ट्रिय समाचार

बागलुङ, २०७८ पुस ०३ / धौलागिरी साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको भूपि पुरस्कार मुस्ताङको कोवाङस्थित भूपि स्मृति थाक पुस्तकालयलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठान प्रबन्ध समितिको बिहीबार बसेको बैठकले संस्थागततर्फको भूपि पुरस्कार सो पुस्तकालयलाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारका लागि आवेदन आह्वान गरिएकामा थाक पुस्तकालय छनोटमा परेको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । रु २५ हजार राशीको सो पुरस्कार पुस १० गते ८७ औँ भूपि जयन्ती समारोहमा समर्पण गरिने बताइएको छ ।

भूपिको स्मृतिमा स्थापना भई भाषा, साहित्यको उत्थान र सम्वद्र्धनमा टेवा पुर्‍याएबापत पुस्तकालयलाई सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएको हो । विसं २०५७ मा स्थापना भएको सो पुस्तकालयले भूपिको सालिक निर्माणदेखि भूपि जयन्ती समारोह, काव्य गोष्ठी लगायतका साहित्यिक गतिविधि गर्दै आएको छ । – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *