मोदीलाई सर्वोत्कृष्ट नागरिक पुरस्कार

अन्तर्राष्टिय समाचार

भूटान / भूटानले आफ्नो सर्वोच्च नागरिक पुरस्कार, नगाडाग पेल्गी खोर्लो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरेको छ ।

भूटान को प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पोष्टमा भारतीय प्रधानमन्त्रीलाई सो पुरस्कारबाट सम्मानित गरिएको जानकारी गराइएको छ । भूटानी नरेशबाट सर्वोच्च नागरिक सम्मानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई छानेकोमा खुशी व्यक्त गर्नुभएको छ ।

भूटानका राजा जिग्मे खेसार नाम्गेल वाङचुकले वर्षौंको सहयोग र विशेष गरी कोभिड–१९ को महामारीको समयमा विस्तार गरिएको सहयोग र समर्थनको चर्चा गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

भूटान नरेशले भारतले बिना शर्त वर्षौदेखि पुर्‍याउँदै आएको र विशेष गरी महामारीको दौडान विस्तार गरिएको सबै मैत्रीपूर्ण सहयोग र समर्थनको चर्चा गर्दै भारतीय प्रधानमन्त्री पुरस्कारका लागि योग्य रहेको बताउनु भयो ।

पुरस्कारका लागि भूटानका नरेश र जनताको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिइएको छ ।

Leave a Reply

Your email address will not be published.