गरिबीका कारण नेपालमा अझै पनि २० प्रतिशत घरधुरीले पोषिलो खानेकुरा खान नपाएको एक अध्ययनले देखाएको छ ।
राष्ट्रिय योजना आयोग र विश्व खाद्य कार्यक्रमले गरेको पोषण तत्वको अभाव सम्बन्धी अध्ययनमा गरिबी, प्राकृतिक तथा मानवीय विपत्ति, कोरोना माहामारीले कुपोषण न्युनिकरणमा अवरोध पुगेको उल्लेख गरिएको छ ।
पाँच जनाको परिवारलाई एक दिनमा ३ सय ४८ रुपैयाँ बराबरको खाना चाहिनेमा १ सय ४१ रुपैयाँ मात्र उपलव्ध भएको अध्ययनले देखाएको छ । कम पोषिलो खाना भन्दा पोषिलो खाना दोब्बर महँगो हुने भएकोले हिमाली क्षेत्रमा यस्तो समस्या झन् बढी छ ।
अध्ययन सार्वजनिकिकरण कार्यक्रममा उपस्थित वक्ताहरुले कृषि उत्पादन बढाउने, विद्यालयमा पोषिलो दिवा खाजाको व्यवस्था गर्नुपर्ने तथा आम्दानी हुने किसिमका सीप सिकाउनुपर्ने सुझाव दिएका छन् । भौतिक पुर्वाधारको विकास गरी रोगजारीको सिर्जना गर्नुपर्नेमा पनि जोड दिइएको छ ।