पूर्वी पाकिस्तानको शहरी क्षेत्रमा बक्लो धुवाँ र तुवाँलो

अन्तर्राष्टिय समाचार

वायु प्रदुषणका कारण पूर्वी पाकिस्तानको शहरी क्षेत्रमा बक्लो धुवाँ र तुवालोले ढाकेको छ । व्यापक प्रदुषणका कारण मानिसलाई स्वास प्रस्वासमा समेत समस्या भएको छ ।

स्वीस वायु अनुगमन सम्बन्धी निकायका अनुसार पाकिस्तानको दोस्रो ठूलो शहर लाहोर संसारकै प्रदुषित शहरमा पर्दछ । वायु प्रदुषणको मुख्य कारणमा शहरी क्षेत्रमा बढ्दो सवारीको चाप र कलकारखानाका साथै किसानले ठूलो मात्रामा खेति लगाउनु अघि पराल लगायतका घाँसपातमा आगो लगाउनु रहेको छ । तीब्र गतिमा लाग्ने हावाहुरीले धुँवालाई ठूलो क्षेत्रमा फैलाउँदा प्रदुषण झन् बढ्ने गरेको छ । प्रदुषणका कारण स्वास प्रस्वासमा समस्या आउनुका साथै आँखाका विरामी समेत बढेका छन् ।

चिकित्सकहरुले सकेसम्म घरभित्रै बस्न र बाहिर निस्कँदा मास्कको प्रयोग गर्न सुझाव दिएका छन् । धुँवा र तुवालोको मात्रा व्यापक रुपमा बढेपछि लाहोरको उच्च अदालतले बालबालिकाको जाडोको बिदा अगाडि सार्न निर्देशन दिएको छ । पाकिस्तानका मुख्य शहरहरुमा वायु प्रदुषणको अवस्था विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा चार गुणा बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *