मनकामना केबलकार चार दिन बन्द हुने

राष्ट्रिय समाचार

काठमाडौँ २०७८ पुस ४/ मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मत सम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिने भएको हो ।

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मत सम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुने उहाँले बताउनुभयो । सो अवधिभर केबलकार बटम स्टेशनमा रहेका रेष्टुरेन्ट सेवा भने यथावत् रहनेछ । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो । चालू आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.