१३५ वर्षको उमेरमा निधन

अन्तर्राष्टिय समाचार

चीनको सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारी अनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आउनु भएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो । उहाँको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो । उहाँ सन् २०१३ देखि देशको सबैभन्दा जेष्ठ नागरिक घोषित हुनुभएको थियो ।

निधन हुनु अगाडिसम्म पनि उहाँको दैनिक जीवन सामान्य नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँ सधैँ खुशी देखिने र आफ्ना नाती नातिनाहरुसँग रमाउने गरेको बताइएको छ ।  उहाँलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षण लगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *