तस्बिर पुस्तकमा पनौती पहिले र अहिले

राष्ट्रिय समाचार

ललितपुर, २०७८ पुस ७ गते / झण्डै ५० वर्षअघिको पनौती र आजको पनौतीलाई नयाँ पुस्ताले अब तस्बिर पुस्तकमा देख्न पाउने भएको छ । विसं २०२८ सालतिरको पनौतीका धार्मिक–सांस्कृतिक स्थल, मठमन्दिर देखेर प्रभावित भएका एकजना फ्रान्सेली समाजसेवकको प्रयासमा फ्रान्स सरकारको सहयोगमा त्यहाँका मन्दिर देवलको पुनर्निर्माण तथा त्यसबेलाको पनौतीलाई छविकार प्रशान्त श्रेष्ठका तस्विरले पुस्तकको आकार पाएका हुन् ।

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले ललितपुरस्थित फ्रान्सेली केन्द्रमा आयोजित एक कार्यक्रममा ‘पनौती १९७०–२०२० ए फोटोबुक’ संयुक्तरुपमा विमोचन गर्नुभयो । त्यस अवरमा राजदूत बुरबाआले फ्रान्स–नेपाल सम्बन्ध सरकारी स्तरका साथै जनस्तरमा पनि सुमधुर रहेको बताउँदै त्यसलाई थप प्रगाढ तुल्याउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपालका कला र सांस्कृतिक सम्पदाबाट आफू प्रभावित भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.