मुलुकमा रहेका सामुदायिक पुस्तकालयहरूको सर्वेक्षण एवं खोजी गरिने भएको छ ।
गोदावरी नगरपालिका–४ बडिखेलमा अवस्थित ‘गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रले आयोजना गरेको एक कार्यक्रममा रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठले नेपाल सरकार अन्तर्गत् शिक्षा मन्त्रालय र शिक्षासम्बन्धी अनुसन्धान गर्ने संस्था न्यू ऐराले संयुक्त रुपमा सो काम गर्ने भएको बताउनुभयो ।
यस कामले मुलुकमा पुस्तकालय कति छन् ती कस्ता अवस्थामा छन् भन्ने जानकारी लिन सजिलो हुन्छ । पुस्तकालयको खोजी गरेसँगै सोको सङ्ख्या कति छन् भन्ने सजिलै थाहा पाउन सकिने उहाँको भनाइ छ । पुस्तकालयले प्रतिभा प्रस्फुटन अनि स्वास्थ्य सरसफाइमा सहयोग पुर्याएको छ ।
विसं २०७० मा रिड नेपालले तत्कालिन बडिखेल गाविसमा सेवा सुरु गरिएको बताउँदै पुस्तकालय स्रोत केन्द्र रिडकै निरन्तर सहयोग र समन्वयबाट सेवा सञ्चालन र विस्तारको सो अवस्थासम्म आइपुगेको बताउनु भयो ।