बेलायतमा ओमिक्रोन अध्ययन/ सोचेभन्दा हल्का भएको

अन्तर्राष्टिय समाचार

बेलायत र दक्षिण अफ्रिकाले गरेको प्रारम्भिक अध्ययनले कोरोनाको ओमिक्रोन लहर सोचेभन्दा हल्का भएको पाइएको छ । प्रारम्भिक प्रमाणले अन्य भेरियन्टहरूको तुलनामा कम मानिसहरूलाई अस्पतालको उपचारको आवश्यकता रहेको देखाएको छ ।

ओमिक्रोन संक्रमण भएकाहरुको अस्पताल भर्ना हुने दर ३० देखि ७० प्रतिशतले कम रहेको अनुमान गरिएको छ । तर संक्रमण दर उच्च भएकाले चिन्ता बढाएको छ । बेलायतमा एकै दिनमा एक लाखभन्दा बढीमा संक्रमण भएर हालसम्मकै उच्च संक्रमणको नयाँ रेकर्ड नै कायम भएको छ । यति छिटो संक्रमण फैलिनुमा ओमिक्रोन मुख्य जिम्मेवार हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *