भद्रपुर बन्यो प्रथम बालमैत्री नगर

राष्ट्रिय समाचार

संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर भन्ने नाराका साथ प्रदेश नं १ को पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाले मनाएको छ । बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको पहिलो दिवस विविध कार्यक्रम सहित मनाएको हो ।

नगर बाल सञ्जालकी अध्यक्ष भावना पोखरेलको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन प्रदेश नं १ का सांसद तथा पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेले गर्नुभएको हो । कार्यक्रममा नगरप्रमुख जीवनकुमार श्रेष्ठले आफूहरुले नगरपालिकाको जिम्मेवारी सम्हालेसँगै भद्रपुरमा बालमैत्री अभियान सुरु गरेको र अभियानले पाएको सार्थकतापछि अहिले देशभरिका स्थानीय तहहरुका लागि सिकाइको थलो बनेको उल्लेख गर्नुभयो ।

सो अवसरमा भद्रपुरको शैक्षिक विकासमा सहयोग पुर्याउने समाजसेवी दीनबन्धु गोयललाई सम्मान गरिएको थियो भने समाजसेवी परशुराम अग्रवाल र दीप लिम्बूलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *