अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित

राष्ट्रिय समाचार

गए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ । हिमपातसँगै अधिकांश ठाउँको फोन सेवा समेत प्रभावित भएको छ ।

जाडोका कारण जनजीवन कष्टकर भएको डोल्पाका स्थानीयले बताएका छन् । बिहानै घाँस काट्न नसकेपछि पशुचौपायलाई खुवाउने आहाराका लागि समस्या भएको स्थानीयले बताएका छन् । चिसो अत्यधिक बढेपछि पठनपाठन समेत प्रभावित भएको छ । नियमित पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ । ।

Leave a Reply

Your email address will not be published.