अमेरिकामा ‘आइसोलेसन’ को समय पाँच दिन

अन्तर्राष्टिय समाचार

अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिका लागि ‘आइसोलेसन’ को समय आधा कम गरिएको छ । सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले सोमबार नयाँ निर्देशिका जारी गर्दै लक्षण विहीन संक्रमितका लागि आइसोलेसनको समय १० दिनबाट घटाएर पाँच दिन बनाएको हो । पाँच दिन आइसोलेनमा बसेपछि अरु पाँच दिन मानिसहरूको समूहमा जाँदा वा भेटघाटको क्रममा मास्क अनिवार्य रूपमा लगाउनु पर्ने सीडीसीले उल्लेख गरेको छ ।

नयाँ निर्देशिका बाध्यकारी नभए पनि अमेरिकाका अधिकांश व्यवसाय तथा नीति निर्माताहरूले पालन गर्ने गरेका छन् । सीडीसीले आफ्नो पछिल्लो निर्देशिका विज्ञानमा आधारित रहेको बताएको छ । संक्रममण फैलिने सम्भावना संक्रममणको सुरुवाती समयमा हुने भएकाले पाँच दिन मात्रै आइसोलेसनमा बसे हुने सीडीसीको भनाइ छ ।

यस्तै खोप नलगाएका वा बुस्टर मात्रा नलगाएकाहरू कोरोना संक्रमितसँगको सम्पर्कमा आएको अवस्थामा पाँच दिनसम्म ‘क्वारेन्टिन’मा बस्नुपर्ने र अरु पाँच दिन मास्क लगाउनु पर्ने पनि सीडीसीले उल्लेख गरेको छ । बुस्टर मात्रा लगाएकाहरूले भने क्वारेन्टिन बस्नुपर्ने छैन, तर १० दिनसम्म मास्क भने लगाउनु पर्नेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *