अमेरिका/युरोपमा क्रिसमस उडान रद्द

अन्तर्राष्टिय समाचार

कोरोनाको बढ्दो संक्रमणका कारण क्रिसमसको समयमा संसारभर हजारौं उडान रद्द/कडा प्रतिबन्ध र उडान अवरुद्धले क्रिसमसको विदा मनाउन निस्किएका दशौं लाख प्रभावित ।

क्रिसमसको समय विदा मनाउन निस्किएका दशौं लाख यात्रुहरु कोरोनाका कारण लगाइएको कडा प्रतिबन्ध र उडान अवरुद्धले प्रभावित भएका छन् । बढ्दो संक्रमणका कारण क्रिसमसकै समयमा संसारभर हजारौं उडान रद्द गरिएको उडान सम्बन्धी वेबसाइट फ्लाइट अवेरले जनाएको छ ।

अमेरिका सहित विभिन्न देशका एयरलाइन्समा कार्यरत कर्मचारीहरुमै संक्रमण देखिएपछि उडान प्रभावित भएको जनाइएको छ । अस्ट्रेलियाले क्रिसमसको पूर्वसन्ध्यामा एक सयभन्दा बढी आन्तरिक उडान रद्द गरेको छ । कोरोनाको बढ्दो संक्रमण र नयाँ भेरियन्टको बस्दो विस्तारले कयौं यात्रुहरु अन्यौलमा परेका हुन् । इटाली, स्पेन र ग्रीसले घर बाहिर निस्कदा मास्क अनिवार्य गरेका छन् ।

स्पेनको क्याटालोनियामा रात्रीकालीन कर्फ्यु लगाइएको छ । नेदरल्याण्डमा कडा लकडाउनको घोषणा गरिएको छ । ओमिक्रोन यस अघिका अन्य भेरियन्टभन्दा कडा नभएको तथ्य वैज्ञानिक अध्ययनहरुबाट देखिए पनि संक्रमणको बढ्दो संख्याले विश्वभरी नै चिन्ता बढाएको छ । बेलायत, फ्रान्स र इटालीमा हालसम्मकै उच्च संक्रमण देखिएको छ ।

अमेरिकामा पनि उच्च गतिमा ओमिक्रोनका संक्रमित थपिएका छन् । देशभरका अस्पतालहरु कोरोनाका विरामीले भरिएका छन् । अमेरिकामा एकै पटक दशौं लाख विरामी परेकाले उपचारमा समेत कठिनाई भइरहेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *