फ्रान्समा कोरोनाको दैनिक संक्रमण युरोपकै सबैभन्दा उच्च देखिएको छ । पछिल्लो २४ घन्टामा मात्रै फ्रान्समा १ लाख ८० को हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । यो संख्या महामारी शुरु भएयताको उच्च मात्रै होइन युरोपेली मुलुकहरुमै सबैभन्दा उच्च हो । केही समय अघिसम्म लगातार रुपमा बेलायत युरोपमै उच्च संक्रमण रहेको मुलुक थियो ।
युरोपमा दोस्रो बढी संक्रमित रहेको मुलुक बेलायत रहेक छ । बेलायतमा पछिल्लो २४ घन्टामा १ लाख २९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । युरोपमा संक्रमणका दृष्टिले तेस्रो स्थानमा स्पेन रहेको छ ।
स्पेनमा दैनिक संक्रमण १ लाख नजिक पुगेको छ । युरोपमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहेका बेला क्रिसमस जस्ता चाडपर्व परेकाले पनि संक्रमण उच्च गतिमा बढ्न सहयोग गरिहरेको विज्ञहरुको भनाई छ ।