भारतको राजधानी नयाँ दिल्लीमा निरन्तर रुपमा संक्रमण बढेपछि उच्च सावधानी अपनाउन आग्रह

अन्तर्राष्टिय समाचार

भारतको राजधानी नयाँ दिल्लीमा निरन्तर रुपमा संक्रमण बढेपछि एल्लो अलर्ट जारी/ उच्च सावधानी अपनाउन आग्रह/शैक्षिक संस्था, सिनेमाघर र जिमखाना बन्द ।

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमणको संख्या बढ्न थालेपछि प्रशासनले उच्च सावधानी अपनाउन नागरिकसँग आग्रह गरेको छ । कोरोना भाइरसको ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण बढेको पाइएपछि दिल्ली सरकारले सावधानीका लागि ‘एलो अलर्ट’ को सूचना जारी गरेको हो । लगातार दुई दिन सङ्क्रमण पुष्टि हुने दर ०.५ प्रतिशतभन्दा बढी भएको अवस्थामा चेतावनी जारी गरिने दिल्लीको मापदण्डअनुसार ‘ऐलो अलर्ट’ को सूचना जारी गरिएको मुख्यमन्त्री केजरीवालले बताउनुभयो ।

राजधानी नयाँ दिल्ली मात्र होइन व्यापारिक राजधानी मुम्बईको अवस्था झनै नाजुक भएको छ । मुम्बईमा एकै दिनमा ७० प्रतिशतले संक्रमण वृद्धि भएको छ । दिल्लीमा तीन दिनयता सङ्क्रमितको दर निरन्तर बढिरहेको छ । चेतावनीसँगै सिनेमा घर र जिमखाना बन्द गरिएको छ । 

व्यापारिक केन्द्र र पसलहरू जोरबिजोर दिनका आधारमा बिहान १० बजेदेखि राति ८ बजेसम्म खुला रहने आदेश जारी गरिएको छ । दिल्लीमा यसअघि नै राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको थियो भने विद्यालय र क्याम्पसहरू बन्द भइसकेका छन् । विवाहमा बढीमा २० जनासम्म मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको मुख्यमन्त्री केजरीवालले जानकारी गराउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *