विद्यालयलाई आर्थिक सहयोग

राष्ट्रिय विद्यालय समाचार समाचार

बेनी,  २०७८ पुस १४  (रासस)/ म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ स्थित रितुङ माविलाई स्थानीयवासी भीमबहादुर  छन्त्यालले रु एक लाख सहयोग गर्नुभएको छ । हाल अमेरिकामा बस्दै आउनुभएका छन्त्यालले कान्छा हजुरबुबा दलबहादुर छन्त्यालको स्मृतिमा विद्यालयलाई सो रकम सहयोग गर्नुभएको हो । सो रकम उहाँले प्रधानाध्यापक खिमबहादुर छन्त्याललाई हस्तान्तरण गर्नुभयो ।

छन्त्याललाई विद्यालय परिवारले सहयोगका लागि धन्यवाद दिएको छ । छन्त्यालले विद्यालयको शैक्षिक प्रगतिका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताउनुभयो । दुर्गम गाउँको उक्त विद्यालयले स्थानीय स्रोत साधन जुटाएर बिनादरबन्दी मावि तहको पठनपाठन सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.