काठमाडौं उपत्यकामा विद्युत आपूर्ति समस्या

राष्ट्रिय समाचार

काठमाडौं उपत्यकामा हिजोआज विद्युत आपूर्ति अनियमित भइरहेको छ।

बानेश्वर, स्वयम्भू, अनामनगर, कीर्तिपुर, गौशाला,सिंहदरबार लगायतका क्षेत्रमा विद्युत् अनियमित भइरहेको गुनासो आउने गरेको छ । ललितपुरको इमाडोल, टीकाथली, चापागाउँ क्षेत्रमा पनि विद्युत् अनियमित भएको छ ।

कतै ट्रान्सफर्मर र कतै केवलहरूमा समस्या आइरहेकाले विद्युत आपूर्तिमा समस्या भएको विद्युत प्राधिकरणले जनाएको छ । कतिपय स्थानमा मर्मत गरेर विद्युत आपूर्ति सहज बनाइएको जनाइएको छ । तर उपभोक्ताहरूले भने एकपटक विद्युत गएपछि घटौंसम्म पनि मर्मत नहुने गरेको गुनासो गरेका छन् । वर्षात् ले पनि विद्युत् नियमित गर्न समस्या भइरहेको जनाइएको छ ।

कतै रूखपातले तारमा छोएको छ कतै ट्रान्सफर्मर ओमरलोड  हुने गरेको छ । जाडो याममा काठमाडौंमा विद्युतको माग पनि बढी हुने गर्दछ । पछिल्लो दुई, तीन दिनदेखि विद्युत् झ्यापझ्याप जाने समस्या पनि रहेको पाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणले भने ठाउँ-ठाउँमा समस्या देखिएकोले मर्मत गरिँदै आइएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *