दक्षिण कोरियामा जनसंख्या घट्यो

अन्तर्राष्टिय समाचार

दक्षिण कोरियामा जन्म दर निरन्तर रुपमा घटिरहेको छ । गत अक्टोबरसम्मको तथ्याङ्क अनुसार जन्म दरमा आएको निरन्तरको ह्रासले दक्षिण कोरियाको जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता बढाएको छ । कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुहरूको सङ्ख्या २० हजार ७३६ थियो । 

यो तथ्यांक एक वर्ष पहिलेको भन्दा ५.२ प्रतिशतले कम हो । दक्षिण कोरियामा सन् १९८१ देखि जन्मदर सम्बन्धी तथ्यांक सङ्कलन गर्न थालिएको हो । गत अक्टोबरको जन्मरदर अहिलेसम्मकै सबैभन्दा कम हो ।

दक्षिण कोरियामा सन् २०१५ को डिसेम्बरदेखि नवजात शिशुको सङ्ख्यामा कमी आएको छ । विवाहमा ढिलासुस्ती हुने सामाजिक अभ्यासका कारण बच्चा जन्माउने उमेर पुगेका महिलाहरूको सङ्ख्या कम हुँदै गएको छ । वर्षभरी विवाहको सङ्ख्या ७.७ प्रतिशतले घटेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *