बिहीबार सार्वजनिक बिदा

राष्ट्रिय समाचार

नेपाल सरकारले तमु ल्होसारका अवसरमा आज पुस १५ गते सार्वजनिक बिदा दिएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले विज्ञप्ति मार्फत् जानकारी दिएको छ ।

तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.