विश्वमै कोभिड संक्रमणको आँधी आउने संकेत : डब्लुएचओ

अन्तर्राष्टिय समाचार

डेल्टा र ओमिक्रोन भेरियन्टका कारण विश्वमै संक्रमणको आँधी आउने विश्व स्वास्थ्य संगठनको चेतावनी/अमेरिकामा एकै दिनमा चार बढी र फ्रान्समा २ लाख बढी संक्रमित ।

कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टले संयुक्त रुपमा संक्रमणको आँधी नै ल्याउँने संकेत गरेको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम ग्याब्रिएससले बताउनु भएको छ ।

अमेरिका र युरोपेली देशहरुमा बढ्दो संक्रमणको तथ्यांकलाई हेरेर डब्लुएचओ प्रमुखको सो भनाई आएको हो । अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै ४ लाख ३८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । एकै दिनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सबैभन्दा उच्च छ । हिजो एकै दिनमा संक्रमणकै कारण झण्डै १ हजार ६ सय जनाको मृत्यु भयो ।

युरोपेली देशको अवस्था पनि उस्तै छ । फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै २ लाख ८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो युरोपमै सबैभन्दा उच्च संक्रमण हो । अर्कोतर्फ बेलायतको अवस्था नाजुक बन्दैछ । बेलायतमा हिजो एकै दिनमा १ लाख ८३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा दैनिक संक्रमण एक लाख नाघेको छ भने इटालीको संक्रमण एक लाखको नजिक पुगेको छ । डेनमार्क, पुर्चुगल र अस्ट्रेलियामा पनि उच्च गतिमा संक्रमण बढिरहेको छ । पोल्याण्डमा संक्रमणसँगै मृत्युदर पनि उच्च गतिमा बढेको छ । क्रिसमस लगायतका चाडपर्वका बेला बढेको मानिसको जमघटले पनि संक्रमणको ग्राफलाई बढाएको विज्ञहरुले बताएका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *