१८ वर्षमाथिका सबैलाई खोप लगाउन आह्वान

राष्ट्रिय समाचार

सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाउने कामलाई तीव्रता दिँदै भक्तपुरमा १८ वर्षमाथिका सबै नागरिकका लागि खोप लगाउन सुरु गरेको छ । भक्तपुरको नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमीमा बुधबार र शुक्रबार तथा भक्तपुर नगरपालिकाबाट सञ्चालिन ख्वप अस्पताल च्यामसिंहमा बिदाका दिन बाहेक सबै दिन खोप लगाउने व्यवस्था गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  

सरकारले खोप लगाउन कोही नागरिक नछुटुन् भनेर १८ वर्ष माथिका खोप लगाउन बाँकी रहेका नागरिकलाई खोप लगाउन आह्वान गर्दै दुई वटा खोप केन्द्र मार्फत् खोप लगाउने व्यवस्था गरेको जानकारी दिनुभयो । सरकारले काठमाडौँका ११ र ललितपुरका ११ वटा खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *