अमेरिकाको कोलोराडो राज्यको वनमा डढेलो

अन्तर्राष्टिय समाचार

अमेरिकाको कोलोराडो राज्यको वनमा लागेको डढेलो तीब्र हावाहुरीका कारण तेज गतिमा फैलिएपछि उत्तरी कोलोराडो शहर खाली गरिएको छ । हावाको गतिसँगै डेडेलो फैलिएपछि सम्भावित मानवीय क्षति हुनबाट रोक्न हिजो कोलोराडो शहर खाली गरिएको हो । सो शहरमा बसोबास गरिरहेका झण्डै १३ हजार नागरिकलाई अन्यत्रै सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

यो शहर डेनभरबाट २३ माइल उत्तर पश्चिममा रहेको छ । डडेलोका कारण सो क्षेत्रको राजमार्ग समेत बन्द गरिएको छ । डडेलो १६ सय एकड क्षेत्रमा फैलिनुका साथै हजारौं घर नष्ट भइसकेका छन् । कोलोराडोका गभर्नर ज्यारेड पोलिसले संकटकालको घोषणा गर्दै तत्काल नागरिकहरुलाई सुरक्षित स्थानमा सार्ने र राहत वितरण गरिने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *