भारतद्धारा कुल वयस्क मध्ये ९० प्रतिशतलाई एक डोज खोप दिएको दाबी/संक्रमण उच्च गतिमा गतिमा फैलिएपछि खोप अभियान तीब्र ।
भारतमा कुल वयस्क जनसंख्या मध्ये ९० प्रतिशतलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार वयस्कमध्ये ९० प्रतिशतलाई कोरोना भाइरस विरुद्धको कम्तीमा एक डोज खोप दिइएको हो ।
भारतमा पछिल्लो सातादेखि औसतमा दैनिक आठ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् । पछिल्लो २४ घण्टामा भने यो संख्या झण्डै दोब्बरले बढेर एकै दिनमा संक्रमित हुनेको संख्या १५ हजार नाघेको छ । थपिएका सङ्क्रमितमध्ये करिब १ हजार जना ओमिक्रोन भेरियन्टका रहेका छन् ।
यो सँगै भारतमा कुल कोरोना सङ्क्रमित सङ्ख्या तीन करोड ४८ लाख ३७ हजार नाघेको छ । संक्रमणका कारण एकै दिनमा थप २६८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या चार लाख ८० हजारभन्दा बढी छ । केन्द्रिय राजधानी दिल्ली र व्यापारिक शहर मुम्बईमा संक्रमण व्यापक रुपमा बढिरहेको छ । संक्रमण नियन्त्रणका लागि खोप अभियानलाई तीब्र पारिएको छ ।