अमेरिकाको कोलोराडो राज्यमा फैलिएको वन डढेलोका कारण १ हजार घरहरु नष्ट

राष्ट्रिय समाचार

अमेरिकाको कोलोराडो राज्यमा फैलिएको वन डढेलोका कारण १ हजार घरहरु नष्ट भएका छन् । तीब्र गतिको हावाहुरीका कारण डढेलो फैलिएपछि प्रभावित क्षेत्रबाट दशौं हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । तीब्र गतिमा फैलिएको डढेलोले बुल्डर काउन्टी र उत्तरी डेनभर बढी प्रभावित भएको कोलोराडोका गभर्नर जेराड पोलिसले जानकारी दिनुभएको छ ।

डढेलोका कारण हालसम्म कुनै पनि मानवीय क्षति भने भएको छैन । बिहीबार मात्रै प्रभावित क्षेत्रका ३० हजार मानिसले घर छोडेका छन् । डढेलो फैलिरहेकाले कोलोराडो राज्यमा संकटकालको घोषणा गरिएको छ । हावाहुरी १ सय ५ प्रतिघन्टाको बेगमा चलेकाले डढेलो नियन्त्रणको प्रयास सफल हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *