कोभिड बीच नयाँ वर्ष २०२२

Highlights अन्तर्राष्टिय समाचार

महामारीकै बीच नयाँ वर्ष २०२२ शुरु/अघिल्लो वर्षभन्दा विश्वभर नै केही बढ्यो नयाँ वर्षको रौनक/सन् २०२२ मा कोरोना महामारी अन्त्य हुने अपेक्षा ।

अघिल्लो वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरसको महामारीकै बीच नयाँ वर्ष २०२२ शुरु भएको छ । नयाँ वर्षमा महामारी अन्त्य हुने र ढुक्क भएर नयाँ वर्षको रमाइलो गर्ने विश्वभरको चाहना यस वर्ष पनि पूरा हुन सकेन । तर पनि हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन यस अघिका अन्य भेरियन्टभन्दा कमजोर हुनुका साथै रोग लागेर अस्पताल नै जानुपर्ने दर कम भएकाले अघिल्लो वर्षको तुलनामा नयाँ वर्ष मनाउनेको रौनक केही बढेको छ ।

अर्को वर्ष अर्को भेरियन्ट भन्ने व्यग्यपूर्ण अभिव्यक्तिका साथ हङकङमा नयाँ वर्ष मनाइएको छ । युरोप र अमेरिकी मुलुकहरुमा बढ्दो संक्रमणको ग्राफलाई मध्यनजर गर्दै सुरक्षा सावधानी अपनाउँदै नयाँ वर्ष मनाइँदै छ । महामारीकै कारण नयाँ वर्षकै अवसरमा गरिने पेरिसको एक्रे, लण्डनको बिग बेन र क्वालालाम्पुरको आतसबाजी सहितका भव्य कार्यक्रम स्थगित गरिएको छ ।

अस्ट्रेलियाले भने ओमिक्रोन सकिएको भन्दै भव्य रुपमा सिड्नी सहितका सहरमा नयाँ वर्ष मनाउने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्रीले नयाँ वर्षको इभ भव्य रुपमा मनाउन आव्हान नै गर्नुभएको छ । सन् २०२२ भित्रमा कोरोनाको महामारी अन्त्य हुनेमा आशावादी रहेको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम ग्याब्रियसले बताउनु भएको छ । नयाँ वर्षमा विश्वभर नै कोरोना विरुद्धको खोपको पहुँच पुग्ने र महामारी अन्त्य हुने अनुमान विश्व स्वास्थ्य संगठनको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *