मुक्त कम्लरीको पढाइलाई १५ लाख विनियोजन

राष्ट्रिय समाचार

दाङको लमहीस्थित मुक्तकम्लरीको छात्रवृत्तिका लागि लुम्बिनी प्रदेश सरकारले रु १५ लाख बजेटको व्यवस्थापन गरेको छ । यसअघि सरकारले छात्रवृत्ति व्यवस्था नगर्दा मुक्तकम्लरीको पठनपाठनमा समस्या हुने गरेको थियो । अहिले लुम्बिनी प्रदेश सरकारले सो बजेट व्यवस्था गरेको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित चौधरीले बताउनुभयो ।

यसअघि सरकारले दिँदै आएको छात्रवृत्ति कटौती गर्दा विद्यार्थीलाई पढाइ छोड्ने अवस्था आएको थियो । तीनै तहको सरकारबीचमा समन्वय नहुँदा यस्तो समस्या आएको थारु अगुवा माधवराज चौधरीले बताउनुभयो । अब भने प्रदेश सरकारले बजेट छुट्याएपछि केही सहज हुने उहाँको भनाइ थियो । अहिले सोही छात्रवासमा ४६ पूर्वकम्लरीले अध्ययन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.