आतसबाजीमा परी नेदरल्याण्डमा १२ वर्षीय बालकको मृत्यु

अन्तर्राष्टिय समाचार

नयाँ वर्षको इभमा गरिएको आतसबाजीमा परी युरोपमा ३ जनाको मृत्यु भएको छ भने कयौं मानिस घाइते भएका छन् । युरोपेली देशहरुमा आतसबाजीमा प्रतिबन्ध लगाइए पनि नयाँ वर्ष मनाउने सन्दर्भमा युरोपभरी नै आतसबाजी गरिएको थियो ।

आतसबाजीमा परी नेदरल्याण्डमा १२ वर्षीय बालकको मृत्यु भएको छ । अर्का एक व्यक्ति पनि घाइते भएको जनाइएको छ । यसै गरी जर्मनीमा ३७ वर्षीय एक पुरुषको पनि आतसबाजी विष्फोट हुँदा मृत्यु भएको हो ।

आतसबाजीकै कारण अस्ट्रियामा पनि २३ वर्षीय एक किशोरको मृत्यु भएको छ । नयाँ आतसबाजी विष्फोट हुँदा नेदरल्याण्डमा मात्रै ८० जनाभन्दा बढी घाइते भएका छन् । घाइते मध्ये अधिकांशले हात र खुट्टा गुमाएको समाचार छ । कोरोना महामारीका कारण संघर्ष गरिरहेको नेदरल्याण्डले दुर्घटनाका कारण विरामी थपिएपछि उपचारमा समेत चुनौती थपिएको अधिकारीहरुले बताएका छन् । युरोपेली देशहरुमा आतसबाजीका लागि पटाका लगायतका विष्फोटक वस्तुहरु आफैं बनाउने चलन समेत रहेको छ । घरमै बनाइएका विष्फोटकहरुका कारण दुर्घटनाको जोखिम बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *