अफगानिस्तानमा सबैभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

Highlights अन्तर्राष्टिय समाचार

अफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल कोष युनिसेफले जारी गरेको अभिलेखले सो कुरा पुष्टि गरेको हो ।

निरपेक्षता र चरम उपेक्षाका कारण बालबालिकाहरू मृत्युको शिकार बनिरहेका छन् । बालबालिकाको सुरक्षाको लागि हरेक उपाय अवलम्बन गर्नुपर्नेमा युनिसेफले जोड दिएको छ ।

उदाहरणका लागि अफगानिस्तानमा सन् २००५ यता प्रमाणित बाल हताहतीको सबैभन्दा धेरै संख्या २८ हजार ५ सय भन्दा बढी रहेको छ । जुन विश्वव्यापी रूपमा सबै प्रमाणित बाल हताहतीको सङ्ख्याको २७ प्रतिशत हो । यसैबीच, मध्य पूर्व र उत्तर अफ्रिका क्षेत्रमा सन् २००५ यता विद्यालय र अस्पतालहरूमा सबैभन्दा धेरै आक्रमणहरू भएका छन् । गत वर्षको पहिलो छ महिनामा २२ वटा त्यस्ता आक्रमणहरू प्रमाणित भएका छन्, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिटा फोरले हरेक वर्ष द्वन्दरत पक्षहरूले बालबालिकाको अधिकार र कल्याणको लागि भयानक उपेक्षा प्रदर्शन गरिरहेका छन् । बालबालिकाहरू पीडामा छन् र यो लापरवाहीका कारण उनीहरु  मरिरहेका छन् ।

युनिसेफले सन् २०२१ को तथ्याङ्क अझै उपलब्ध नभएको भए पनि सन् २०२० मा बालबालिका विरुद्ध २६ हजार ४ सय २५ गम्भीर मानवीय व्यवहार उल्लङ्घनका घटना संयुक्त राष्ट्रसंघले प्रमाणित गरेको जनाएको छ ।

“सन् २०२१ को पहिलो तीन महिनामा प्रमाणित गम्भीर उल्लङ्घनहरूको समग्र संख्यामा थोरै कमी देखिएको थियो तथापि अपहरण र यौन हिंसाका प्रमाणित घटनाहरू अघिल्लो वर्षको पहिलो चौमासिकमा क्रमशः ५० र १० प्रतिशतले वृद्धि भएको देखिएको युनिसेफले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *