नाइजेरियामा बालबालिका अपहरण मुक्त भए

अन्तर्राष्टिय समाचार

नाइजेरियाको प्रहरीले दक्षिणी प्रान्त जाम्फाराबाट अपहरणमा परेका २१ बालबालिकाको उद्धार गरेको जनाएको छ ।

प्राप्त समाचारअनुसार ती बालबालिकालाई नाइजेरियाको विद्रोहीहरुको संस्था बोको हरामका हतियारधारीहरुले अपहरण गरी लगेका थिए । ती बालबालिका अपहरणमा परेको सूचना पाएपछि प्रहरीले पिछा गरेको थियो । त्यस लगत्तै उनीहरुलाई भगाउँदै गरेका अवस्थामा प्रहरीले राजमार्गबाट अपहरणमुक्त गराएको हो । शनिबार अपहरणमुक्त गराएपछि प्रहरीले लगत्तै पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published.