लियोनन मेसीलाई कोरोना

Highlights अन्तर्राष्टिय समाचार

विश्व चर्चित फुटबल खेलाडी लियोनन मेसीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उहाँ अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बस्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अर्जेन्टिनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध हुनुहुन्छ । उहाँलाई सङ्क्रमण भएको कुरा उहाँ अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ ।

सङ्क्रमण पुष्टि भएसँगै उहाँले अहिले तत्कालका लागि तय भएका खेलहरु गुमाउनु हुने भएको छ । उहाँसँगै सङ्क्रमित भएका उहाँका अन्य तीन सहकर्मीहरुले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन् । अति तीव्र गतिमा फैलिने भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट युरोपेली मुलुकहरु अहिले नराम्ररी प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *