शीतलहर सुरु भएपछि विद्यालय बन्द भयो

Featured राष्ट्रिय विद्यालय समाचार समाचार

वीरगञ्ज, १९ पुस (रासस)/ शीतलहर सुरु भएपछि पर्साको जीराभवानी गाउँपालिकाले शैक्षिक संस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ ।

यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ । महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरेको हो । ती सामग्रीले केही भए पनि ज्येष्ठ नागरिकलाई राहत मिल्ने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो । प्रति ज्येष्ठ नागरिकलाई करिब रु छ हजार बराबरको सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *