आज विश्व ब्रेल दिवस, आज संसारभरिका आँखा नदेख्ने मानिसहरुलाई पढ्न र लेख्न सक्षम बनाउने वैज्ञानिक लुइस ब्रेलको जन्मदिन पनि हो । यही अवसरमा आज संसारभरि ब्रेल दिवस मनाइन्छ । फ्रान्सका नागरिक लुइस आफैँ दृष्टिविहीन थिए । त्यही कारण उनी पढ्न र लेख्न सक्दैनथे । हरेक वर्ष जनवरी ४ लाई विश्व ब्रेल दिवसको रुपमा मनाइन्छ ।
लुइस ब्रेलले १५ वर्षको उमेरमा नि ब्रेललिपिको खोज गरेका थिए । उनको सम्मानमा २०१९ मा संयुक्त राष्ट्र महासभाले विश्व ब्रेलदिवस अनुमोदन गरेको थियो । तसर्थ प्रथम ब्रेल दिवस ४ जनवरी २०१९ मा मनाइएको थियो ।
सन् १८२४ मा ब्रेलले पहिलो पटक आफ्नो काम ब्रेललिपिको खोजबारे बताएका थिए । त्यसको केही वर्षपछि ब्रेलले प्राध्यापकका रुपमा सेवा गरे र आफ्नो जीवनको महत्वपूर्ण समय ब्रेललिपि प्रणालिको विस्तारका लागि काम गरेर बिताए । त्यसपछि सन् १८२९ मा पहिलो पटक ब्रेल लिपि प्रणाली प्रकाशित गरे । त्यसको आठ वर्षपछि उनको यो भाषामा आधारित परिमार्जित संस्करण छापियो ।
आज आँखा नदेख्नेहरुले पढ्ने र लेख्ने लिपि उनै लुइस ब्रेलले आविष्कार गरेको लिपिको परिमार्जित स्वरुप हो । ब्रेलले आविष्कार गरेका हुनाले यस लिपिको नाम नै ब्रेललिपि रहन गएको हो ।
