बेइजिङमा धूमपान गर्नेको सङ्ख्या घट्यो

अन्तर्राष्टिय समाचार

काठमाडौँ, २०७८ पुस २१/ चीनको राजधानी बेइजिङमा १५ वर्ष र सोभन्दा माथिका व्यक्तिमा धूमपान दर १९.९ प्रतिशतले कमी आएको छ । मंगललबार सार्वजनिक नगर स्वास्थ्य आयोगको तथ्याङ्क अनुसार सन् २०१९ को तुलनामा यस उमेर समूहमा धूमपान गर्नेहरूको सङ्ख्या ७३ हजारले घटेको हो । दोस्रो व्यक्तिले गरेको धुम्रपानका कारण हुने जोखिम कार्यस्थलमा २७ प्रतिशत तथा रेष्टुरेन्टहरूमा ४२.५ प्रतिशत रहेकोमा यसमा सन् २०२१ सम्ममा कमी आई क्रमशः २३.४ प्रतिशत र ३७.३ प्रतिशत कायम भएको तथ्याङ्कमा उल्लेख छ ।

धूमपानले जनस्वास्थ्यमा पार्ने हानीकारक प्रभावलाई कम गर्न चीन सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणलाई विशेष ध्यान दिएको छ । बेइजिङले सन् २०१५ को जुन १ देखि सार्वजनिक स्थलमा धूमपान निषेध गरेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी नियम लागू भएपछि बेइजिङले सार्वजनिक स्थलमा धूमपान निषेध गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *