दश वर्षअघि बालविवाह गरेका अहिले सङ्गठित भएर बालविवाह विरुद्धको अभियानमा जुटे

राष्ट्रिय समाचार

म्याग्दी, २२ पुस (रासस)/ सानै उमेरमा विवाह गर्दा शारीरिक र मानसिक रुपमा अपरिपक्क हुने हुँदा थुप्रै समस्याहरु गरेका छन् । अन्जानमा बालविवाह गरेर कलिलै उमेरमा आमा बनेका म्याग्दीका किशोरीहरु अहिले पश्चाताप गरिरहेका छन् । परिपक्क नहुँदै विवाह गरेका कारण श्रीमान् श्रीमतीले एक–अर्कालाई बुझ्ने विषयमा एकरुपता नहुँदा झगडा हुने गरेको उनीहरुको अनुभव छ ।

आफूहरुले भोगेको पीडा अरुलाई नपरोस् भनेर दश वर्षअघि बालविवाह गरेका अहिले सङ्गठित भएर बालविवाह विरुद्धको अभियानमा जुटेका छन् । कानुनी हिसाबले अपराध मानिने बालविवाह गर्दा आर्थिक, शैक्षिक, शारीरिक र सामाजिक रुपमा धेरै क्षति ब्यहोर्नु परेको छ । सानै उमेरमा विवाह गरेका कारण आफूलाई जस्तो समस्या अरुलाई भोग्न नपरोस् भनेर बेलैमा सचेत गराउन लागि परेको बाल विवाह विरुद्धको अभियानमा सक्रिय एक किशोरी आमाले बताइन् ।  आयआर्जन समूहमा आबद्ध भएर मासिकरुपमा बचत गर्ने, सहुलियत ब्याजदरमा ऋण लिएर व्यवसाय गरी आत्मनिर्भर बन्ने प्रयासका साथै बालविवाहको जोखिममा रहेका किशोर किशोरीलाई परामर्श दिने र बालविवाह हुन नदिने वातावरण बनाउन पहल गरेको उनीहरुको भनाइ छ ।

बालविवाह हुन लागेको सूचना पाएमा सम्झाइ बुझाइ गर्ने, नमान्नेलाई कानुनी कारबाहीका लागि वडा, पालिकाका जनप्रतिनिधि र पालिकामा खबर गर्ने काम पनि उनीहरु गर्छन् । धौलागिरि गाउँपालिकाका २, ३, ४ र ७ नम्बर वडामा गल्र्स फस्ट फण्ड परियोजना अन्तर्गत सङ्गम म्याग्दी मार्फत सन् २०१९ देखि बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिएको छ । चौध आयआर्जन समूह, आठ बालविवाह प्रतिकार समूह र १० विद्यालयमा किरोशी समूह बनाइएको सङ्गम म्याग्दीका कार्यक्रम संयोजक खिमा पुर्जाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *