उत्तर कोरियाद्वारा हाइपरसोनिक मिसाइलको सफल परीक्षण

अन्तर्राष्टिय समाचार

लोकतान्त्रिक जन गणतन्त्र कोरियाले हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएको छ । बुधबार एकेडेमी अफ डिफेन्स साइन्सले प्रक्षेपण गरेको सो मिसाइलले ७०० किलोमिटर टाढाको लक्ष्यमा ठ्याक्कै प्रहार गर्नुअघि १२० किलोमिटर पछाडी चलेको थियो जसले नयाँ इन्धन प्रणालीको विश्वसनियता प्रमाणित गरेको थियो ।

यसअघि गत सेप्टेम्बरमा गरेको क्षेप्यास्त्र प्रक्षेपण पछि यो हाइपरसोनिक मिसाइलको यो दोस्रो परीक्षण हो । हाइपरसोनिक मिसाइल क्षेत्रमा परीक्षण प्रक्षेपणमा लगातार सफलताहरू को रणनीतिक महत्त्व रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *