भारतमा ओमिक्रोनबाट एकको मृत्यु

अन्तर्राष्टिय समाचार

२२ पुस (रासस, सिन्ह्वा)/ भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको ओमिक्रोन भेरियन्टबाट एक जनाको मृत्यु भएको जनाएको छ । भारतको राजस्थानमा एक जनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको मन्त्रालयले जनाएको छ । ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि सो मन्त्रालयले जनाएको छ । यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो । भारतमा अहिलेसम्म २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *