क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी

राष्ट्रिय समाचार

जनकपुर, २४ पुस (रासस)/ प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताउनुभएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको हिजो सिरहाको लहानमा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो । प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताउनुभयो ।

क्यान्सर पीडितले पहिलादेखि नै उपचारका लागि एक लाख राहत पाउदै आएको बताउनु भयो । अब प्रदेश सरकारले कानुन बनाएरै मासिक भत्ता दिन लागेको हो । लहानमा स्थापना हुन लागेको क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उहाँले त्यस बखत व्यक्त गर्नुभयो । स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको उल्लेख गर्नुहुँदै उहाँले प्रदेश सरकारले स्थापना गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला देशकै नमूना हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *