भारतमा विदेशबाट आएका सबैले सात दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो ।
विदेशबाट भारत आएकाहरू होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने नियम कार्यान्वयन भने यही जनवरी ११ देखि मात्रै हुने सूचनामा उल्लेख छ । कोरोना भाइरसको महामारी दिन प्रतिदिन तीव्र रूपमा बढ्दै गएको विवरण सार्वजनिक भएपछि सरकारले एक हप्ते होम क्वारेन्टाइन अनिवार्य गर्ने व्यवस्था लागु गरेको हो ।