संक्रमण वृद्धि भएकाले माघ १५ सम्म विद्यालय बन्द

Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

कोभिड-१९ संक्रमण रोकथामका लागि सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र बैठकले देशभरका सवै आधारभूत तथा माध्यामिक विद्यालयहरुलाई आगामी माघ १५ सम्म हिउदे विदा दिन र सवै अभिभावकलाई बालबालिका विद्यालय नपठाउन अनुरोध गरेको हो । यसैगरी बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय पनि गरेको छ ।

सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत् लेखी पठाउन सिफारिस गरिएको छ । यसैगरी माघ ३ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णय समेत बैठकले गरेको छ  । यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा रेष्टुरेन्टहरुमा खोप कार्ड देखाएर मात्र प्रवेश दिन, यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरिएको छ । बैठकले नेपाल प्रवेश विन्दुमा एन्टीजेन परीक्षण थप प्रभावकारी बनाउने र परीक्षणबाट पोजेटिभ आएकाहरुलाई तत्काल आइसोलेसनमा राख्न डीसीसीएमसीले समन्वयन गर्नुपर्ने र आवश्यक स्रोत सुनिश्चितताका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ । 

सिसिएमसीको बैठकले आन्तरिक हवाई उडानमा अनिवार्य रुपमा खोप कार्ड बोक्नुपर्ने व्यवस्था गर्न शिफारिस गरेको छ । यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाइने भएको छ । आगामी माघ ७ गतेपछि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्रै बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *