काठमाडौं उपत्यकामा आजदेखि बालबालिकाका लागि कोरोना विरुद्धको खोप अभियान सुरु हुन लागेको छ । देशका कतिपय जिल्लाम यसअघि नै बालबालिकाका लागि खोप लगाउन शुरु भैसकेको छ ।
आजबाट काठमाण्डौँ उपत्यकाका तीनै जिल्लाका स्थानीय तहसँग समन्वय गरेर १२ देखी १७ बर्ष उमेर समूहका बालबालिकाकाहरुका लागि खोप अभियान संचालन हुन लागेको हो । काठमाण्डौ, ललिपुर र भक्तपुरमा फाइजर र मोडर्ना खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।