युगाण्डामा दुई वर्षपछि विद्यालय खुल्यो

अन्तर्राष्टिय विद्यालय समाचार समाचार

युगाण्डामा सोमबारदेखि विद्यार्थीहरूले विद्यालयमै उपस्थित भएर अध्ययन गर्न थालेका छन् । युगान्डामा कोरोना महामारीका कारण विश्वमै सबैभन्दा लामो समयसम्म विद्यालय बन्द गरिएको थियो । लामो समयपछि विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो । युगाण्डामा कोरोना भाइरसको महामारीका कारण झन्डै दुई वर्ष विद्यालय बन्द गरिएको थियो ।

युगाण्डामा सन् २०२० को मार्चदेखि ८३ हप्तासम्म विद्यालय बन्द भएको हो । विद्यालय खुल्ला भएपछि दशौँ लाख विद्यार्थीहरू खुशी भएर विद्यालय फर्किएका छन् । विद्यालयमै उपस्थित भएर पढ्न पाउँदा विद्यार्थीहरुले खुसियाली मनाएका छन् । लामो समय विद्यालय बन्द हुँदा साथी, शिक्षक शिक्षिका र पढाइ गुमाएको विद्यार्थीहरुको गुनासो छ । विद्यालयमा उपस्थित भएका विद्यार्थी तथा शिक्षक शिक्षिकाले मास्क लगाउनुका साथै पटकपटक हात धोएका थिए । विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी फेरि फैलिन थालेका बेला युगाण्डामा विद्यालय खुलेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *