कोरोना संक्रमण उच्च गतिमा वृद्धि भए पनि पाकिस्तानमा तत्काल विद्यालय बन्द नहुने भएको छ । तत्काल विद्यालयहरू बन्द नगर्ने सरकारी योजनाबारे सञ्चार माध्यमले सूचना तथा प्रसारण मन्त्रालय स्रोतलाई उद्धृत गरी समाचारमा उल्लेख गरेका छन् । संघीय सरकारलाई देशमा बढ्दो कोभिड–१९ सङ्क्रमणका घटनाको बारेमा जानकारी छ तर तत्काल पाकिस्तानमा पुनः लकडाउन वा विद्यालय बन्द गर्ने योजना बनाएको छैन,” मन्त्रीपरिषद् बैठक पछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले जानकारी दिनुभयो ।
मुलुकमा कोभिड–१९ सङ्क्रमण दर दोब्बर भएको जानकारी संघीय मन्त्रालयलाई जानकारी रहेको तर विद्यालय बन्दको सम्भावना तत्कालका लागि नरहेको पाकिस्तानी टेलिभिजन जियो न्यूजसँग बोल्दै मन्त्री चौधरीले बताउनुभयो । अर्को लकडाउनको बोझ हाम्रो अर्थतन्त्रले बोक्न सक्दैन ।”
देशले कोरोना भाइरसको सामना गर्न सक्ने कुरामा जोड दिँदै मन्त्री चौधरीले सरकारले तालाबन्दी नलगाउने तर परिस्थितिको अनुगमन जारी राख्ने बताउनुभयो । कोरोना भाइरस फैलिन नदिन मास्क प्रयोग गर्न पनि मन्त्रीले आग्रह छ । पाकिस्तानले कोभिड–१९ खोप अभियान चलाइरहेको बताउँदै संघीय सरकारले खोपमा दुई अर्ब अमेरिकी डलर लगानी गरेको जानकारी दिइयो ।।