जापानमा साना बालबालिकालाई पनि खोप

अन्तर्राष्टिय समाचार

२७ पुस (रासस- सिन्ह्वा)/ जापानमा १२ वर्षभन्दा कम उमेरका साना बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी भएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क्रमण फैलिन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो । देशव्यापी खोप अभियान अन्तर्गत् बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेकाले त्रसित नहुन पनि उहाँले मंगलबार सवैलाई अनुरोध गर्नुभयो । उहाँले वयस्क तथा जेष्ठ नागरिकहरुलाई पनि अतिरिक्त खोपको व्यवस्था गरिएको जानकारी समेत दिनुभयो ।

बालबालिकाहरुलाई पहिलो मात्रा खोप लगाउने र वयस्क तथा जेष्ठ नागरिकहरुलाई अतिरिक्त खोप लगाउने अभियान सँगसँगै चलाइने उहाँको भनाई छ । उहाँले महामारी दिन प्रतिदिन तीव्र रुपमा फैलिदै गएकाले गैह्र आवासीय विदेशीहरुलाई आगामी फेब्रुअरी अन्त्य सम्ममा प्रवेश निषेध गरिएको घोषणा पनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *