२८ पुस (रासस-सिन्ह्वा)/ मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समय फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् । अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यस अघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन् । उनीहरुले यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् । मेक्सिकोमा गरिएको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोको स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले जनाएका हुन् । मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट द्रूत गतिमा फैलिएको छ ।