बुस्टर डोज खोप पनि घातक

अन्तर्राष्टिय समाचार

बुस्टर डोज खोप एकपटकभन्दा बढी दिंदा मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली स्वास्थ्य सम्बन्धी नियामक निकायको चेतावनी/कतिपयले मुलुकले सुरु गरे दोस्रो बुस्टर ।

कोभिड-१९ विरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघ अन्तर्गतको स्वास्थ्य सम्बन्धी नियामक निकायले चेतावनी दिएको छ । हरेक चार महिनामा बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउने युरोपेली मेडिकल नियामक निकायले जनाएको छ । लामो समयको अन्तरमा मात्रै बुस्टर डोज दिन विज्ञहरुले सुझाव दिएका छन् ।

ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेपछि विभिन्न देशहरूले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएको हो । यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको छ । बेलायतले पनि कोभिड-१९ बाट नागरिकको रक्षा गर्न दोसो बुस्टर डोज दिने तयारी गरेको छ । अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोजबारे आवाज बढेको छ । युरोपपछि अहिले अमेरिकामा सङ्क्रमितको सङ्ख्या तीव्र बढेको छ । सङ्क्रमित बढे पनि तत्काल प्रतिबन्धात्मक व्यवस्था भने लागू गरिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *