विश्वमै बढ्यो कोरोना

अन्तर्राष्टिय समाचार

विश्वभरि नै कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढेको छ । अमेरिका, युरोप र एसियाली मुलुकमा संक्रमण दर उच्च छ । अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै ७ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कोरोनाका कारण हुने मृत्युदर पनि विश्वमै अमेरिका नै उच्च रहेको छ ।

अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै २ हजारभन्दा बढी मानिसको मृत्यु भयो । यसै गरी अमेरिकापछि बढी प्रभावित मुलुक फ्रान्स रहेको छ । फ्रान्समा हिजो एकै दिनमा संक्रमित हुनेको संख्या ३ लाख ६१ हजारभन्दा बढी छ । युरोपमा बेलायत, इटाली, स्पेन र जर्मनीमा पनि संक्रमण दर उच्च गतिमा बढेको छ । इटाली र स्पेनमा दैनिक संक्रमण दर २ लाख नजिक पुगेको छ ।

बेलायतमा १ लाख ३० हजार नजिक संक्रमण पुगेको छ । जर्मनीमा ८० हजारभन्दा बढी संक्रमित एकै दिनमा थपिएका छन् । भारतमा बितेको २४ घन्टामा २ लाख ४० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । विगत केही दिनयता भारत लगायत एसियाली मुलुकमा संक्रमणदर उच्च गतिमा बढेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *