संकलन : प्रा.डा. अच्युतमणि आचार्य, प्रस्तुति : सरिता अर्याल
थोमस एल्वा एडिसन एक महान् अमेरिकी वैज्ञानिक तथा व्यापारी हुनुहुन्छ । उहाँले अनेकौ यन्त्रहरु विकसित गर्नुभयो जसबाट संसारभरका मान्छेहरूको जीवनमा भारी बदलाव आयो। विद्युत बल्ब तथा फोनोग्राफ सहित उहाँले हजारौ आविष्कार गर्नुभयो । उहाँ भारी मात्रामा उत्पादनको सिद्धान्तको व्यवहारमा ल्याउने प्रथम अन्वेषकहरूमध्ये एक हुनुहुन्थ्यो यसबाहेक खोज गर्नको लागि विशाल टीमको सहारा लिने उहाँ प्रथम आविष्कारक हुनुहुन्थ्यो। त्यसैले उहाँलाई प्रथम औधौगिक अनुसन्धान प्रयोगशाला स्थापित गरेको श्रेय पनि दिइन्छ।
यो सामग्री दृष्टिविहीन बालबालिकाका लागि अडियो किताब कार्यक्रम अन्तर्गत् बालसाहित्य प्रतिष्ठान नेपालसँगको सहकार्यमा तयार गरिएको हो । This material has been prepared in collaboration with the Children’s Literature Foundation Nepal (CLFN) under the Audio Book Program for Blind Children.