यस वर्ष गोरु जुधाउने प्रतियोगिता नहुने

समाचार

नुवाकोट जिल्लाका विभिन्न स्थानमा हरेक वर्ष माघ १ गते सञ्चालन गरिँदै आइएको गोरु जुधाउने मेला यस वर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसँगै ऐतिहासिक महत्व तथा वर्षौँदेखि सञ्चालन गरिँदै आएको गोरु जुधाउने प्रतियोगिता यस वर्ष नहुने भएको हो ।

अहिले कोरोनाको जोखिम बढेकाले सभा–समारोह, मेला तथा जात्रा सञ्चालनमा रोक लगाइएको कारण गोरु जुधाउने मेला स्थगन गरिएको बताइएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिकाको तारुका, तादी गाउँपालिकाको सातबीसे, लिखु गाउँपालिकाको सूर्यमति, पञ्चकन्या गाउँपालिकाको पञ्चकन्या, शिवपुरी गाउँपालिकाको शेराबगर, बेलकोटगढी नगरपालिकाको झिल्टुङ्ग, नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावती लगायतका ठाउँमा हुने गरेको गोरु जुधाउने मेला आयोजना हुने गरेको थियो । यस वर्ष यी सबै स्थानका कार्यक्रमहरु नहुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *