नर्वेमा ५ वर्ष माथिका बालबालिकालाई खोप

अन्तर्राष्टिय समाचार

नर्वेमा ५ देखि ११ वर्षका बालबालिकालाई कोरोना खोप/कोरोना संक्रमण बढेपछि खोप अभियान तीब्र/९० प्रतिशत वयस्कले लगाए दुबै डोज खोप ।

नर्वेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरूद्धको खोप लगाइने भएको छ । सरकारी अधिकारीले नै सो उमेर समूहका बालबालिकालाई खोप लगाउन सिफारिस गरेका हुन् ।  नर्वेमा यसअघि १२ देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइदै आएको अधिकारीले जानकारी दिएका छन् । उनीहरूले अहिले खोपको पहिलो मात्रा लगाएका छन् भने अभिभावकले चाहेमा उनीहरुलाई दोस्रो मात्रा खोप पनि लगाउन सकिने अधिकारीको भनाइ छ ।

नर्वेका स्वास्थ्य मन्त्री इङभिल्ड जेर्कोलले जारी गर्नुभएको वक्तव्यमा सबै प्रकारका बालबालिकालाई भने खोप लगाउन सिफारिस गरिएको छैन । निश्चित समूहका बालबालिकालाई मात्रै खोप दिन मिल्ने विज्ञहरूले सिफारिस गरेको उहाँले स्पष्ट पार्नुभएको छ । दीर्घरोगी र जटिल स्वास्थ्य समस्या भएका तथा अविभावकको प्रत्यक्ष सम्पर्कमा रहने बालबालिका र कोभिडको पछिल्लो महामारी फैलिएका र राम्रो स्वास्थ्य सेवामा पहुँच नभएका मुलुकमा जाने बालबालिकालाई खोप नलगाउन सुझाब दिइएको छ । नर्वेका वयस्कहरूमध्ये अधिकांशले खोपको दुवै मात्रा लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लगाउन मिल्ने वयस्क र बृद्धबृद्धामध्ये ९० प्रतिशतभन्दा बढीले कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *