प्रशान्त महासागर भित्र ज्वालामुखी विष्फोट

अन्तर्राष्टिय समाचार

प्रशान्त महासागर भित्र ज्वालामुखी विष्फोटका कारण सुनामीको खतरा/अमेरिका र जापानको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन ।  

प्रशान्त महासागर भित्र ज्वालामुखी विष्फोट हुँदा सुनामीको खतरा बढेसँगै अमेरिका र जापानले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । प्रशान्त महासागरको टोंगा नजिकै ज्वालामुखी विष्फोट भएको बताइएको छ । ज्वालामुखी विष्फोटका कारण तटीय क्षेत्रमा दशकयताकै विशाल सुनामी आउने संकेत देखिएको अमेरिकाको राष्ट्रिय मौसम सेवाले जनाएको छ ।

पश्चिम तटीय क्षेत्र बढी प्रभावित हुन सक्ने भन्दै सो क्षेत्रलाई खाली गरिंदैछ । केही क्षेत्रमा सुनामीको असर देखिन थालिसकेको छ । कयौं फिट अग्लो बाढी आउन सक्ने बताइएको छ । तटीय क्षेत्रमा सुनामीका कारण खतरनाक बाढी आउने भन्दै सो क्षेत्रका नागरिकलाई चेतावनी दिइएको छ । समुद्री तटबाट टाढा रहन आग्रह गरिएको छ । जापानले ती मिटरभन्दा अग्ला छालहरु आउन सक्ने बताएका छ । जापानको दक्षिणी क्षेत्रमा १ दशमलव २ मिटर अग्ला छाल आइसकेको अवस्था छ । अमेरिकाले पनि तीब्र गतिको हावाहुरी र बाढी आउने भन्दै नागरिकहरुलाई सचेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *